यो हो ‘उड्ने कार’, यस्तो छ विशेषता

मोटर ट्रेन्ड (MotorTrend) का अनुसार, एक डच कम्पनीले विश्वको पहिलो व्यावसायिक उडान कारको लागि प्रि-अर्डर लिइरहेको छ, जसको मूल्य ३ लाख ९९ हजार डलरबाट सुरु हुन्छ । पाल भी (PAL-V)ले लिबर्टी (Liberty) नामक उड्ने कार बनाएर सार्वजनिक गरेको हो ।

तीन पाङ्ग्रे पाल भी लिबर्टी (PAL-V Liberty) को आकार सामान्य कार जस्तै छ, तर यो कारलाई सडकमा कुदाउन सकिन्छ र हावामा उडाउन पनि सकिन्छ । सबै सुरक्षा मापदण्डमा सफल भईसकेको यो कारमा तीनवटा चक्काहरु राखिएको छ, जसले आकाशमा उड्दा दुईजनालाई उडाउन सक्दछ । यसलाई कारबाट उड्ने जाइरोकप्टरको रुपमा परिवर्तन गर्न करिब १० मिनेट लाग्नेछ भने कारको पंखा सडकमा गुड्दा खुम्चिएर कारको रुपमा आउँछ ।



कारले हावामा उड्दा ११२ माइल प्रति घण्टाको गतिमा उड्न तथा तथा ११० माइल प्रति घण्टाको गतिमा गुड्न सक्दछ । यो कार चलाउनका लागि भने कार चालकको लाइसेन्सको प्रयोगकर्तासँग पाइलटको लाइसेन्स हुनुपर्ने कम्पनीले जनाएको छ ।

 

 

 

 

 

सम्बन्धित समाचार