देउवा र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र नेपालबीच भेटवार्ता भएको हो । भेटमा एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

बैठकमा एमसीसी पारित गराउन नयाँ विकल्पको खोजीबारे पनि छलफल भएको स्रोतले बतायो । गठबन्धन जोगाएर एमसीसी पारित गराउने लाग्नुपर्नेमा देउवा र नेपाल सहमत भएका छन् । यसअघि आजै प्रचण्ड निवास खुमलटारमा बसेको नेकपा माओवादी पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले पनि गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो । नेपालसँगको भेटपछि देउवा पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका छन् ।



संसदमा एमसीसी पास गर्ने अडान लिँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक भेटघाटमा दौडधुप गरिरहेका छन् । देउवाले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै संसद सुचारु र एमसीसी अनुमोदनका लागि साथ दिन आग्रह गरेका थिए ।

 

 

सम्बन्धित समाचार