कविता : तपाईँको नाम भन्नुस् त

सुन्नुस् त भन्दा ‘आ।।।बुईई’ भन्नेसँग ,
नाम भन्नुस् त भनुँ कसरी म ?
त्यो पुल्ठोमा, या चुल्ठोमा,
सपक्क कपालको गुजुल्टोमा,
त्यो डाइसेक्सनको हेराईमा,
या म्युट मोडको घुराइमा,
थाम्न नसकेर फुत्केको,
एक पित्को त्यो हाँसोमा,
या त्यै हाँसोले थापेको
मै माथीको पासोमा,
कहीँ कतै मेरो मन हरायो,
खोज्छु, एक्छिन पख्नुस् त
भनु कसरी म ?

चोरेको हो या फोरेको हो,
देब्रे छाती बडा दुख्छ
न गुहार गुहार गर्न मिल्ने,
न चोरी भयो भन्न मिल्ने
चोरकै ठूलो स्वर भन्थे,
यत्रा आँखा मैँ माथी छ,
कोला–कोला कली,
दुख्नेले ऐया भन्न नपाउने,
पीडितले न्याय माग्न नपाउने,
घिटिघिटो छोड्छिन् कि,
सहिद नै घोषणा गर्छिन् कुन्नी,
रुप उता बाली,
डँढेलो यता लगाउनेसँग ,
साँच्चै,
सुन्नुस् त,
तपाईँको नाम भन्नुस् त भनु कसरी म ?



 

 

सम्बन्धित समाचार