सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

प्रतिनिधिसभाका दुई बैठक राखेर एमसीसी पारित गरिने

सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) आजै संसदबाट अनुमोदन गर्नेमा सहमति भएको छ। आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमति भएको हो ।

एमसीसी आजै पारित हुने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पौडेलले एमसीसी नेपालको संविधान अनुरुप लागू हुने पनि बताए । व्याख्यात्मक टिप्पणीमा याे इण्डाेप्यासिफिक रणानीति अन्तर्गतकाे हाेइन र याे विशुद्ध विकास सहयाेग हाे भन्ने कुराहरू समावेश गरी साे बारेकाे छलफल पछि एमसीसीकाे दस्तावेजसँग राखेर सरकारले पेश गर्ने र त्यसलाई अनुमाेदन गरिने पौडेलको भनाइ छ ।



पौडेलले सत्ता गठबन्धनको सबै दलमा एमसीसीमा शंका रहेका विषयमा टिप्पणी गर्दै एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय भएको बताए । प्रतिनिधिसभाको पहिलो बैठकले एमसीसीमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ र विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल हुनेछ । र, त्यसपछि दोस्रो बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरियोस् भन्ने प्रस्ताव सरकारले पेश गर्नेछ र प्रस्ताव बैठकमा उपस्थित बहुमतले पारित गरेमा एमसीसी पारित हुनेछ  ।

 

सम्बन्धित समाचार