मृत अवस्थामा ६ जना फेला

काठमाडौँसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमती पुल नजिक सडक छेउमा बा.५ ख ३३५२ नम्बरको गाडीको सह-चालक नुवाकोट ताँदी गाउँपालिका-६ घर भएका २४ वर्षीय लक्ष्मण तामाङ सोही गाडीभित्र शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका-१४ सहिनतारास्थित सडकमा सोही महानगरपालिका-१४ गैह्रीगाउँ बस्ने बाग्लुङ घर भएका ३५ वर्षीय शोभा बिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-३ खैरेनीस्थित हनुमान मन्दिरमा पाल्पा रामपुर नगरपालिका-७ वतन भएका ४५ वर्षीय श्यामलाल दर्जी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै दोलखा, भिमेश्वर नगरपालिका-३ जलदेवी थान ठुटीबुढी डाँडास्थित पाखोबारीमा सोही नगरपालिका-२ फुलपा घर भई सोही नगरपालिका-३ बसपार्क डेरा गरी बस्ने १६ वर्षीय शाहिल तामाङको शव आधा गाडेको अवस्थामा शुक्रबार शव फेला परेको छ । त्यसैगरी पर्सा, कालिकामाई गाउँपालिका-१ मुर्ली टोल बस्ने ६२ वर्षीया पार्वती देवी आफ्नै घर भित्रको बरण्डामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-४ स्थित पेट्रोल पम्प नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार