नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ फागुन ।


पछिल्लो चौबीस घण्टामा नेपालमा १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ७१० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र तीन हजार २२४ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४१५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५६ हजार ४१३ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ रहेको छ । जसमा ८ हजार २८५ जना होम आइसोलेसनमा छन् भने २३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८१ संक्रमित आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७६ हजार ८६५ र एन्टिजेन विधिबाट १ लाख ३९ हजार ३२६ जना पुगेको छ ।
