नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।
विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन-२२५, युक्रेनमा रूसी आक्रमणको क्रममा नष्ट भएको समाचार संस्था सीएनएनले जनाएको छ । युक्रेनी अधिकारीहरूले रुसको यस्तो आक्रमणले उड्डयन संसारमा चिन्ता र उदासी उत्पन्न गरेको बताएका छन् ।
सीएनएन अनुसार युक्रेनियन भाषामा ‘म्रिया’ र ‘ड्रिम’ नामको यो विशाल विमान किएभ नजिकैको एयरफिल्डमा पार्क गरिएको थियो । यसलाई रुसी आक्रमणकारीले हमला गरे । त्यस्तै युक्रेनी अधिकारीहरूले आफूले यो विमान पुनः निर्माण गर्ने बताए । ‘रूसले हाम्रो ‘म्रिया’लाई नष्ट गरेको हुन सक्छ। तर तिनीहरूले हाम्रो बलियो, स्वतन्त्र र लोकतान्त्रिक युरोपेली राज्यको सपनालाई कहिल्यै नष्ट गर्न सक्ने छैनन्। हामी जित्नेछौं!” युक्रेनी विदेशमन्त्री डिमित्रो कुलेबाले ट्विटरमा लेखेका छन् ।
विमान नष्ट गरेको कुनै स्वतन्त्र पुष्टि भएको छैन। एन्टोनोभ कम्पनीको एक ट्विट गर्दै भनेको छ, विज्ञहरूले निरीक्षण नगरेसम्म विमानको ‘प्राविधिक अवस्था’ प्रमाणित गर्न नसक्ने बताएको छ। एन्टोनोभको व्यवस्थापन गर्ने युक्रेनी राज्य रक्षा कम्पनी युक्रोबोरोनप्रोमले आइतबार एक विज्ञप्ति जारी गर्दै विमान नष्ट भएको तर रुसको खर्चमा पुनर्निर्माण गरिने बताएको छ । जसको लागत ३ अर्ब डलर छ । ‘विमान पुनर्निर्माणमा ३ अर्ब अमेरिकी डलर र यसलाई बनाउन पाँच वर्ष लाग्नेछ, हाम्रो चाहना यो छ कि उक्त विमान बनाउने खर्च रसियाले उठाओस् जसले युक्रेनको उड्डयन र कार्गो क्षेत्रमा नियोजित क्षती पुर्याउने उद्देश्य राखेको छ ’ विज्ञप्तिमा भनिएको छ ।
पछिको विज्ञप्तिमा, कम्पनीले फेब्रुअरी २४ मा किएभ नजिकैको जमिनमा विमान मर्मतसम्भारको क्रममा रहेको बताएको छ । ‘एन्टोनोभ एयरलाइन्सका निर्देशकका अनुसार एउटा इन्जिन मर्मतका लागि निकालिएको थियो र उपयुक्त आदेश दिएपनि त्यसदिन विमानले उडान भर्न सकेको थिएन’ विज्ञप्तिमा भनिएको छ । यसैबीच, रिसोर्स म्यानेजमेन्ट सिस्टमका लागि नासाको फायर इन्फर्मेसनले विमान राखिएको ह्याङ्गरलगायत विमानस्थलमा धेरै आगो लागेको पत्ता लगाएको छ । ह्याङ्गरमा आगलागी आइतबार बिहान स्थानीय समय अनुसार ११:१३ मा पत्ता लागेको थियो । यो स्पष्ट छैन कि एयरपोर्टमा यी आगलागीहरू वास्तविक आगो वा सैन्य हमला विस्फोटको परिणाम हो ।