नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।


पछिल्लो चौबीस घण्टामा नेपालमा १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ३४१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र तीन हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४०० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५६ हजार ८१३ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८ हजार २३५ रहेको छ । जसमा ८ हजार २१ जना होम आइसोलेसनमा छन् भने २१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८० संक्रमित आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७६ हजार ९८४ र एन्टिजेन विधिबाट १ लाख ३९ हजार ३८७ जना पुगेको छ ।
