बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । बलात्कार आरोप लागेका नेता बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार पक्राउ गरेको हो ।

बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए । पक्राउ परेसँगै उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको न्यौपानेले जानकारी दिए । बलात्कारको आरोप लागेका बानियाँमाथि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।



जुम्लाकी एक शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै माघ २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ ।

 

 

सम्बन्धित समाचार