ओलीले सभामुखविरुद्ध महाभियोग लगाउन सक्ने भनेपछि…

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताएका छन् । आज (मंगलबार) संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले सभामुखले राजीनामा दिनुपर्ने बताएका हुन् ।

ओलीले सभामुखको क्रियाकलाप अनुचित रहेको जिकिर गर्दै सभामुखले राजीनामा नदिए उनीविरुद्ध महाभियोग लगाउन सक्ने पनि बताए । ओलीले भने ‘हामीले सभामुखको राजीनामा मागिराखेका छौं, राजीनामा नदिए महाभियोग ल्याउँछौ, संसदले निष्काशन गर्नुपर्ने हुनसक्छ ।’ त्यस्तै सभामुख सम्मानजनक रुपमा हटुन् भन्ने आफूहरूको चाहना रहेको ओलीले बताए ।



१४ सांसदलाई निष्कासन नगरेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएको छ । यस्तै ओलीले अवैध सम्बन्धबाट सत्ता गठबन्धन जन्मिएको भन्दै एमालेले गठबन्धनले गरेजस्तो राजनीति नगर्ने पनि बताए ।

 

सम्बन्धित समाचार