आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ६ हजार ५०४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ४ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र दुई हजार ४६ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९३८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३५४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५७ हजार १६७ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ रहेको छ । जसमा ७ हजार ७७३ जना होम आइसोलेसनमा छन् भने १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७५ संक्रमित आईसीयूमा र ८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७७ हजार ७६ र एन्टिजेन विधिबाट १ लाख ३९ हजार ४५३ जना पुगेको छ ।

 

सम्बन्धित समाचार