आज यी स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित वर्षाको सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग आज (बुधबार) प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।



त्यस्तै आज राति  प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार