प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)

प्रतिनिधिसभाको बैठक आज(बुधबार) बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगका वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

त्यस्तै दोस्रो कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुई वटा प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ जसमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्ताव र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव मन्त्री आलेले प्रस्तुत गर्ने उल्लेख छ।



संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन निरन्तर अवरोध गरिरहेको छ । नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ । आजको बैठकमा पनि अवरोध गर्ने तयारीमा एमाले रहेको छ ।

कार्यसूची :

कार्यसूची :

सम्बन्धित समाचार