ओलीको अभिव्यक्तिप्रति भीम रावलले गरे यस्तो ट्विट

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफैं देशको पक्षमा बोलेर ‘महाहीरो’ भएको भए आफू खुशी हुने बताएका छन् । आज (बुधबार) एक ट्विट गर्दै उनले ओलीलाई देशको पक्षमा बोलेर महाहीरो हुन चुनौती दिएका हुन् ।

‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ’ रावलले ट्विटरमा उल्लेख गरेका छन् । मंगलबार संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले भीम रावलले पार्टी निर्णय विपरितको क्रियाकलाप गरेर हीरो बन्न खोजिरहेको बताएका थिए ।



रावलले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’

रावलको ट्विट

रावलको ट्विट

यो पनि पढ्नुस :

‘भीम रावल हीरो बन्न खोजिरहेका छन्’

सम्बन्धित समाचार