नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्नेगरी लागि स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो ।
एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७-७८’ पेस गरेका थिए । बैठक ८ मिनेट बसेर स्थगित भएको हो । एमसीसी पास भएपछि संसद्को यो पहिलो बैठक हो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन निरन्तर अवरोध गरिरहेको छ । नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ ।
