यो देशले लगाएको छ समोसामाथि प्रतिबन्ध, यस्तो छ कारण !

समोसा एक खाजाको रुपमा यति लोकप्रिय छ कि सायद यसलाई मन नपराउने मानिस कमै होलान् । समोसा धेरैलाई मन पर्ने परिकार हो । तर तपाईलाई छक्क पर्नुहुनेछ, पृथ्वीमा यस्तो ठाउँ छ, जहाँ मानिसले भूलवश पनि समोसा खान सक्दैनन् । समोसा यहाँ पूर्ण रूपमा प्रतिबन्धित छ।

अफ्रिकी देश सोमालियामा कसैले गल्तीले पनि समोसा खान पाउँदैन। वास्तवमा, यहाँ समोसा यसको आकारको कारण प्रतिबन्धित छ । समोसा त्रिभुजको आकारमा भएको कारण सोमालियाको एक चरमपन्थी समूहले समोसाको त्रिकोणीय रूप आकार क्रिस्चियन धर्मसँग सम्बन्धित रहेको भन्दै सोमालियामा समोसा प्रतिबन्ध लगाइएको छ ।



यहाँ समोसा बनाउने, बेच्ने र खाने मानिसहरु सजायको हकदार हुनेछन् । त्यस्तै समोसा सोमालियामा आक्रामकताको प्रतिक रहेको कारण पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । समोसामाथि लगाइएको प्रतिबन्ध अझैपनि औपचारिक रुपमा फुकुवा गरिएको छैन ।

 

सम्बन्धित समाचार