शिवरात्रिको अवसरमा सावित्री कंचनजंगा अगरबत्तीको निःशुल्क योगदान

 

विगत वर्षहरूजस्तै यस वर्ष पनि सावित्री कन्चनजंगा अगरबत्तीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने हजारौं भक्तजनहरूलाई निःशुल्क खानेपानी तथा माक्स वितरण गरेको छ । यस कार्यमा उद्योगका कर्मचारी तथा स्वयम्सेवकहरूको विशेष भूमिका रहेको थियो ।



सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा यस्ता धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरूमा निःशुल्क योगदान गर्दै आएको उद्योगले जनाएको छ ।

१०० जनाभन्दा बढीलाई प्रत्यक्ष र ५०० जनाभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आइरहेको यस उद्योगले विभिन्न समयमा रक्त दान कार्यक्रम पनि गर्दै आएको छ ।

 

सम्बन्धित समाचार