पल शाह प्रकरणमा बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ‘मर्दकी दशवटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् । बिहीबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।

भट्टराईले न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् । त्यस्तै उनले उनले लोकतन्त्रमा न्यायिक फैसला सबैले मान्नुपर्ने भन्दै सुरुमै न्याय प्रभावित हुनु नहुनेमा जोड दिएका छन् । पल शाहको विषयमा सामाजिक सञ्जालमा पक्ष–विपक्षमा विभिन्न किसिमका टिप्पणीहरु आइरहेका छन् । एक नाबालिका गायिकामाथि जबरजस्ती करणीको अभियोगमा पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।



भट्टराईले ट्विटरमा लेखेका छन्, ‘नाबालिक किशोरीको यौनशोषण सम्बन्धी अति सम्वेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो।लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्छ तर शुरूमै न्याय प्रभावित नहोस।’

भट्टराईको ट्विट

भट्टराईको ट्विट

 

सम्बन्धित समाचार