नवकान्तिपुर संवाददाता
काठमाडौं, २० फागुन ।

नेकपा एमालेका नेता डा.भीम रावलले सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार भएको बताएका छन् । आज (शुक्रबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्याे भन्ने सरकारी भनाईको खण्डन गरेका छन् । रावलले नेपाली जनतालाई ठग्ने दुष्प्रयास नहोस् भन्दै जबसम्म नेपाल सरकारले औपचारिक पत्र पठाएर अमेरिकाले औपचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा नगर्दासम्म स्वीकारेको नठहर्ने बताएका छन् ।
रावलले ट्विटरमा लेखेका छन्, ‘सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार हो, जबसम्म नेपाल सरकारले औपचारिक पत्र पठाएर अमेरिकाले त्यसको औपचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा गर्दैन, तबसम्म स्वीकारेको ठहर्दैन । नेपाली जनतालाई ठग्ने दुष्प्रयास नहोस्।’
रावलको ट्विट
