एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हट्यो : प्रचण्ड

अब गठबन्धन चुनावसम्मै जान्छ

नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताएका छन् । आज (शुक्रबार) बाट राष्ट्रिय सभा गृहमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

एमसीसी व्याख्यात्मक घोषणासहित पारित भएको भन्दै यसमा आफूहरुको जित भएको प्रचण्डले दाबी गरे । त्यस्तै उनले एमसीसी अनुमोदन भएसँगै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । अध्यक्ष दाहालले एमसीसी पारित गर्नुको कारणबारे पनि प्रकाश पारेका थिए ।



‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो,’ उनले भने, ‘तीन वटा मूलभूत कुरा भनेका संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्ट्रियताको रक्षाको उद्देश्यका साथ बनेको सरकार रहने वा नरहेने हो भन्ने थियो, त्यसमा एमसीसीका विषयमा भएका मतमतान्तरका कारण थिए ।’ एमसीसीलाई धेरै विवादित नबनाउन पनि प्रचण्डले नेताहरुलाई आग्रह गरेका थिए ।

सम्बन्धित समाचार