नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।

समाजिक सञ्जालको दुरुपयोग गरी भिडियो तथा तस्बिरहरु प्रकाशन तथा प्रसारण नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ । शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
‘विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झूटा क्याप्सन राखी भिडिओ तथा तस्वीरहरू अपलोड गरेको देखिएको हुँदा त्यस्ता क्रियाकलापमा संलग्न जोसुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै गृह मन्त्रालयले यस्ता तस्बिर तथा भिडियोले समाजमा अफवाह फैलाउने भएकाले उक्त क्रियाकलापमा संलग्नलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही गरिने जनाएको छ ।
विज्ञप्ति
