नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।

तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दमौली बजारमा अवस्थित भूपाल हार्डवेयरबाट आगलागी सुरु भएको जनाएको छ ।
बिहान १० बजेबाट आगलागी सुरु भएपनि मध्यान्हसम्म पनि आगो नियन्त्रणमा आउँन सकेको छैन । आगो नियन्त्रणका लागि चार वटा दमकल परिचालन गरिए पनि आगलागी नियन्त्रणमा आएको छैन । यसैबीच आगो नियन्त्रणको लागि काठमाडौँबाट सिम्रिक हेलिकोप्टर दमौली बजार पुगेको छ । बिजुली सर्ट भएर सुरु भएको आगलागी करिब १२ वटा घरमा फैलिएको बताइएको छ ।
सिम्रिक एयरको हेलिकोप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ । आगो नियन्त्रणको लागि जमिनबाट पनि ७ वटा दमकल र पानी ट्यांक प्रयोग गरेको प्रसाशनले जनाएको छ ।
