एमाले सांसद मोहन बानियाँ निलम्बित

नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । बलात्कार आरोप लागेका मुगुका एमाले सांसद बानियाँलाई संसद पदबाट निलम्बन भएका हुन् । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराए ।

बलात्कारको आरोप लागेका बानियाँमाथि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । जुम्लाकी एक शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै माघ २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । सभामुख सापकोटाले जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँलाई निलम्बन गरिएको बताए ।



जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । गत फागुन १६ देखि सांसद बानियाँ प्रहरीहिरासतमा रहेका छन् । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित समाचार