नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।

नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहरमैला बिसर्जन गर्ने कार्यमा स्थानीयबासीले अवरोध पैदा गरेका छन् । फोहोरमैला प्रभावित ककनी गापा वडा नं. १, २ र ३ तथा धुनिबेंसी नगरपालिका वडा नं. १, २ र ३ का लाखौं जनताहरूको स्वास्थ्यको ग्यारेन्टी नगरी सिसडोलको जस्तै पाराले अस्तव्यस्त फोहोर फाल्न नदिने भन्दै स्थानीयहरू आन्दोलित हुँदै आएका छन् । उनीहरू ल्याण्डफिल साइटमा काम गर्दै आएको कालिका कन्स्ट्रक्सनको काम ठप्प पारेर आन्देलनमा उत्रेका हुन् ।
हाल काठमाडौँ महानगरपालिका र ललितपुर नगरपालिकाभित्रका १७ वटा नगरपालिकाहरूको फोहोरमैला व्यवस्थापन गर्ने क्रममा दैनिक लगभग २०० गाडीहरूले सिसडोल जाने गर्छन् । यसैबीच सहरी विकास मन्त्री रामकुमारी झाँक्री सुटुक्क बञ्चरेडाँडाको अनुगमन गर्न गएकी छन् । उनले चैत्र १६ गतेसम्ममा काम सक्न र महानगरलाई जिम्मा लगाउन ठेकेदार कम्पनीलाई निर्देशन पनि दिएकी छन् ।
चैत्रको अन्तिमबाटै बञ्चरेडाँडामा फोहोरमैला थुपार्ने सरकारको तयारी बुझेपछि स्थानीयबासी थप सशङ्कित बनेका हुन् । फेरि पनि राज्यले पेलेरै फोहोरमैला बञ्चरेडाँडामा लैजाने देखेपछि स्थानीयहरू आफ्ना मागहरू पूरा गराउन बाध्य भएर आन्दोलनमा उत्रनु परेको ककनी ३ का जनप्रतिनिधि घनश्याम बजगाईले बताए ।
आन्दोलका संयोजक श्रीराम ढुङ्गाना भन्छन् ‘अबको आन्दोलन निर्णयक हुनेछ । यहाँका लाखौं जनताको स्वास्थ्यको ग्यारेन्टी, प्रभावित क्षेत्रका जनताको जग्गा अधिग्रहण, मुअब्जा वितरण, दुर्गन्धरहित वैज्ञानिक तवरबाट फोहोर बिर्सजन गर्ने व्यवस्थाआदि मागहरू पूरा गर्ने सम्झौता नभएसम्म महानगरपालिकाहरूको फोहोरमैला बिसर्जन गर्ने कार्यमा अवरोध गर्दै निरन्तर आन्दोलमा रहने बताएका छन् ।
भिडियो-
