नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।
नेपालमा आज (सोमबार) सुनको मूल्य एक हजार १०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ३ हजार रहेकोमा शुक्रबार रु एक लाख, १ हजार ९०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख, २ हजार ५०० रहेकामा आइतबार प्रतितोला रु रु एक लाख, १ हजार ४०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य आइतबारको मूल्य भन्दा १५ रुपैयाँ बढ्दै एक हजार ४२५ मा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार ४१० मा कारोबार भएको थियो ।
सुनको मूल्य करिब डेढ वर्षयता पहिलोपटक एक लाख रुपैयाँभन्दा माथि पुगेको हो । यसअघि, गत वर्ष २०७७ साल भदौ ३ गते सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ पुगेको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।