नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।

एसिड प्रहार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । आफ्नै ६० वर्षीया श्रीमतीलाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा भक्तपुर सूर्यबिनायक नगरपालिका-४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय श्याम गुभाजुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गुभाजुले आफ्नै श्रीमतीलाई कुटपिट तथा एसिड प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते महिलाको बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ ।साँझ पौने ७ बजेतिर पूजालाई एसिड प्रहार गरिएको थियो ।
एसिड आक्रमणबाट उनको टाउको र ढाडको भाग जलेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
