यो हो वर्षाको पानीले मात्र आफ्नो तिर्खा मेटाउँने चरा

पृथ्वीका सबै जीवित प्राणीहरूलाई बाँच्नको लागि खाना र पानी दुवै चाहिन्छ, तिनीहरू बिना कोही पनि बाँच्न सक्दैनन् । कतिपय जीवित प्राणी कम मात्रामा पानी पिएर बाँच्ने भए पनि पानी सबैलाई चाहिन्छ । तर, के तपाईलाई थाहा छ संसारमा एउटा यस्तो चरा पनि छ, जो वर्षाको पानी मात्र पिएर बाँच्न सक्छ ।  एउटा यस्तो अनौठो पंक्षी छ जसको तिर्खा ताल, खोला वा पोखरीको पानीले मेट्दैन तर वर्षाको पानीको पहिलो थोपाले तिर्खा मेट्छ । यो चरालाई कचौरामा पानी दिए पनि पिउँदैन।

हामी चातक चराको कुरा गर्दैछौं, यो चराले कुनै ताल, पोखरी वा खोलाको पानी पिउँदैन। पानी परेपछि मात्रै यो चराले तिर्खा मेटाउँछ। भनिन्छ यो चरा तिर्खाले मर्छ तर वर्षाको पानी बाहेक अरु कुनै स्रोतको पानी पिउँदैन। त्यस्तै यो चराले आफ्नो गुँड आफैं बनाउँदैन न त चल्ला हुर्काउँछ, जसका कारण यसलाई परजीवी वर्गमा राखिएको छ ।



यो हो वर्षाको पानीले मात्र आफ्नो तिर्खा मेटाउँने चरा

यस चराको माथिल्लो भाग चम्किलो कालो, तल्लो भाग सेतो, पुच्छरको प्वाँख सेतो, आँखाको गोला खैरो वा रातो खैरो, चुच्चो कालो र खुट्टा र पञ्जा कालो रंगको हुन्छ । भारतीय पौराणिक कथामा यो चराले आकाशबाट परेको पानीको पहिलो थोपा सिधै आफ्नो चुच्चोमा लिन्छ भन्ने चित्रण गरिएको छ । उत्तराखण्डका स्थानीय बासिन्दाका अनुसार यसले आकाशतिर मात्रै हेरिरहन्छ । यो तिर्खाले मर्छ तर अर्को तरिकाले पानी लिने छैन । वर्षामा पनि यो चराले स्वाति नक्षत्रमा परेको पानी मात्र पिउने गर्छ । चातकका यी विशेषताहरूले गर्दा अन्य चराहरूभन्दा यसलाई विशेष मानिएको छ ।

यो हो वर्षाको पानीले मात्र आफ्नो तिर्खा मेटाउँने चरा

यो हो वर्षाको पानीले मात्र आफ्नो तिर्खा मेटाउँने चरा

यो हो वर्षाको पानीले मात्र आफ्नो तिर्खा मेटाउँने चरा

यो हो वर्षाको पानीले मात्र आफ्नो तिर्खा मेटाउँने चरा

 

 

 

सम्बन्धित समाचार