नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुतेको र भेन्टिलेसन नभएको कारण अक्सिजन नपुगेर निसास्सिए मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ ।
‘झ्याल, ढोका बन्द गरेर सुतेको र आगो बालेको हुनाले निसास्सिएको हुनसक्ने आशंका गरेका छौं, थप अनुसन्धान हुँदै छ’प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए । चार जनाको घरभित्रै र र दुई दिनको शिशुको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको एसएसपी)पोखरेलले जानकारी दिएका थिए । मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष स्याङ्तान, २३ वर्षीया सुष्मा स्याङ्तान, ७ वर्षीय आस्मा स्याङ्तान रहेका छन् ।
उनका अनुसार सोमबार बिहान घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल पुर्याउँदा चिकित्सकले मृत्त घोषणा गरेका थिए । त्यस्तै घरमुली शुभ स्याङतानको अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुस :
