नाबालिगको चरित्र हत्या गरेको आरोपमा पक्राउ

नाबालिकाको अश्लिल तस्वीर तथा अश्लिल स्टाटस सामाजिक सञ्चालमा पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा ललितपुर, ललितपुर उपमहानगरपालिका-२१ बस्ने २९ वर्षीय दिपु भन्ने बिकास महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी सेलेब नेपाल (Celeb Nepal) नामक यूट्यूब च्यानल सञ्चालन गरी उक्त च्यानल मार्फत् पीडितको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको अभियोगमा गुल्मी भनभने नगरपालिका-९ स्थायी वतन भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका-१३ बस्ने २१ वर्षीय राहुल थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।



जिल्ला अदालत काठमाडौंबाट दुबैजनालाई ५ दिन म्याद थप अनुमति लिई उनीहरू उपर थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार