ट्रष्टद्वारा विद्यालयलाई कम्प्युटरलगायतका सामग्री वितरण

यसोदादेवी भगवानसिंह मेमोरियल ट्रष्टले विद्यालयलाई कम्प्युटर तथा पोषक खाद्यान्न वितरण गरेको छ । ट्रष्टले नुवाकोटको किस्पाङ गाउँपालिका–१, जुल्जुखोला मावि भाल्चेमा अध्यनरत विद्यार्थीहरूलाई तीन थान कम्प्युटर, पोषक खाद्यान्न तथा विद्यालयको डे«स हस्तान्तरण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामा दोर्जे तमाङको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ट्रष्टका संरक्षक तथा प्रमुख सल्लाहकार अर्जुननसिंह केसीले कम्प्युटरसहितका सामग्रीहरू हस्तान्तरण गरेका थिए ।



सामाजिक संस्थाको रूपमा सञ्चालित ट्रष्टले विगतदेखि नै दुर्गम गाउँसम्म विभिन्न सहयोग गर्दै आएको छ । कोरोनाको महामारीको बेलामा पनि गाउँ गाउँसम्म स्वास्थ्य सामग्री, खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री वितरण गरेकोे
थियो ।

 

सम्बन्धित समाचार