मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । दैलेख, चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ तारबजारस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ३२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका-५ शिवनगरस्थित सडकको नालीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी, कैलाली, टिकापुर नगरपालिका-५ साईपुरस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-७ सूर्यापुरास्थित नेपाल गण्डक प्राधिकरण जल बिद्युत केन्द्र (पावर हाउस) को जालीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय र ३० वर्षीय दुई पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी चितवन, भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार