आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ६ हजार ३९४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र दुई हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३४८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५९ हजार ८१७ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८७५ रहेको छ । जसमा ५ हजार ७४५ जना होम आइसोलेसनमा छन् भने १३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४२ संक्रमित आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७७ हजार ६४१ र एन्टिजेन विधिबाट १ लाख ३९ हजार ६८७ जना पुगेको छ ।

 

सम्बन्धित समाचार