नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ फागुन ।

नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गरउनु आफ्नो पार्टीको एक सफल कार्य रहेको बताएका छन् । आज(बुधबार) सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा सहित एमसीसी आफ्नाे पार्टीकाे मुख्य भूमिका रहेको बताए ।
त्यस्तै आफ्नो एमसीसीको विपक्षमा रहेको भए सत्तारुढ गठबन्धन तोडेर कांग्रेस र एमालेले एमसीसी जस्ताको तस्तै पारित गर्ने पक्षमा रहेको भन्दै त्यो कार्य असफल भएको दाबी गरे । एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र भएकाे उनको भनाइ छ ।
अध्यक्ष नेपालको ११ बुँदे प्रतिवेदनमा एमसीसी कम्प्याक्टलाई यथास्थितिमा अनुमोदन गर्न हुँदैन भन्ने दृढ अडानकै कारण व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन हुने अवस्थामा पुगेको बताएका छन् । ‘यदि हामीले यसो नगरेको भए नेका र एमाले मिलेर पाँचदलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई हटाउने र हाम्रो पार्टीका १४ जना सांसदलाई कारबाही गर्नेगरी कांग्रेस र एमाले मिलेर एमसीसी जस्ताको तस्तै अनुमोदन गर्ने तयारीमा थिए’ उनले भने । उनले ‘व्याख्यात्मक घोषणासहित’ एमसीसी पारित गर्नु बुद्धिमता भएको समेत दावी गरेका छन् ।
त्यस्तै अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले अहिले सत्ता गठबन्धन तोड्ने षड्यन्त्र भैरहेको बताएका छन् ।
यस्तो छ माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन
