आज यी स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित वर्षाको सम्भावना

हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग आज (बिहीबार) देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागमा अपरान्ह पछि एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।



त्यस्तै आज राति देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशको पहाडी भु-भागमा अपरान्ह पछि एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार