नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।

सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । आज (बिहीबार) बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो ।
ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो । अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । घाइतेहरुको चैनपुर अस्पतालमा उपचार भइरहेको छ ।
क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए । स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु रहेको जनाए ।
