नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ३ हजर ५०० रुपैयाँले घटेको छ । बुधबार नयाँ कीर्तिमान बनएको सुनको मूल्य आज भने एकैदिन ३ हजर ५०० रुपैयाँले घटेको हो । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार रुपैयाँ रहेकोमा बुधबार रु १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ५०० रहेकामा बुधबार प्रतितोला रु १ लाख, ५ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बुधबारको मूल्य भन्दा ४५ रुपैयाँ घट्दै एक हजार ४०५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार ४५० मा कारोबार भएको थियो ।
सुनको मूल्य हिजो (बुधबार) १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७८ डलर आसपास कारोबार भइरहेको छ ।