नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ फागुन ।
नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल आयल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको थियो । कार्यकारी निर्देशक छनोट समितिको बैठकले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको बताए । थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन्। सुर्खेत निवासी उनी नेपाल विद्युत प्राधिकरणका सञ्चालकसमेत भएका थिए ।