आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ७ हजार ९८१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र दुई हजार ३७४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण१ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १८९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६० हजार ६८६ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको छ । जसमा ५ हजार १०८ जना होम आइसोलेसनमा छन् भने १०४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३२ संक्रमित आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७७ हजार ८४८ र एन्टिजेन विधिबाट १ लाख ३९ हजार ८९३ जना पुगेको छ ।

 

सम्बन्धित समाचार