एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा छुट हुने

 

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौंको पाँच तारे होटल सोल्टी र नेपालगन्जस्थित सोल्टी वेस्टर्न प्रिमियरमा डेबिट कार्ड वा क्युआरबाट भुक्तानी गर्दा कारोबार रकमको दस प्रतिशत छुट उपलब्ध हुने गरी एनआईसी एशिया बैंक र सोल्टी इन्टरप्राइजेजबीच समझदारी भएको छ । यस सम्बन्धी समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर बिष्टले हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख
छ ।



पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उपरोक्त दुई होटलबाट विभिन्न सेवा लिई पिओएस तथा क्युआर भुक्तानी गर्दा १० प्रतिशत छुटको व्यवस्था गरेको जनाइएको छ ।

बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको पनि उल्लेख छ ।

सम्बन्धित समाचार