नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ फागुन ।

प्रतिनिधिसभाको बैठक भोलि (आइतबार) बस्दैछ । बैठक बुधबार दिउँसो १ बजेको लागि बोलाइएको हो ।भोलिको बैठकको लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यक्रमहरू समेत तय गरेको छ ।
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शुक्रबार एक सूचना जारी गर्दै सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् । बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने कार्यसूची रहेको छ ।
यद्यपि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने भोलिको बैठक पनि अवरुद्ध गर्ने जनाएको छ । भदौ २३ गतेदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ ।
सूचना :

