फिल्म बुझ्न थालेदेखि हिराे बन्ने सपना मनभरी सिगार्न थाले : सुजन खतिवडा

सुजन खतिवडाको पछिल्लो समय नेपाली सिने जगतमा परिचित नाम हो । आगामी चैत्र ४ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘चिसो एष्ट्रे’ का सह-निर्माता रहेका खतिवडाको सानो उमेरदेखि नै सिनेयात्रामा लाग्ने र हिरो बन्ने सपना रहेको थियो ।

राजेश दाईकाे ‘हेई’ निखिल दाईकाे ‘या ढिस’ हेर्न हलतिर हप्ता दिनकाे टिफिन पैसा रू ५ जम्मा गरि सेताे पर्दाकाे छेउमा बसी उनी ‘हिराे बन्ने’ महशुस गर्न थालेका थिए । उनी यस क्षेत्रमा विगत ५ वर्षदेखि लागिपरेका छन् । हिराे बन्न पहिला फिल्म बनाउन सिक्नुपर्छ भन्ने एक फिल्मिकर्मीले बताएपछि उनको मनभरी याे कुरा गुञ्जियो र कमाईमा ऋण थप गरि फिल्मी क्षेत्रमा प्रवेश गरेको उनले बताए ।



सुजन खतिवडा

दुई-तीन वर्षमा दुई-तीन महिना सिक्ने माैका पाए पनि कोरोना महामारीका कारण दुई वर्षकाे अन्तरालमा सबै ज्ञान गुमाएको भन्दै उनले आफ्नो सपनाहरू निम्न थालेकाे भन्दै दुखेसो पोखे । ‘हार्नु गलत होइन.. तर हार मान्नु गलत हो..! किनकि पूर्ण-विराम अन्त मात्र होइन ,नयाँ वाक्यको को सुरुवात पनि हो!’ भन्ने भनाइलाई आत्मसात गर्दे सिनेमाकाे तिर्खा मेटाउन करूवा जुटाउन हिडेका खतिवडा ऋणमा अल्मलिए पनि आखिर सपना त हाे पूरा गर्नेछु भन्दै अघि बढे ।

अहिले भूपि शेरचनकाे कवितामा आधारित फिल्म ‘चिसाे एष्ट्रे’ ले अल्मलिएकाे यात्रीलाई आफ्नाे गन्तव्य तर्फ लम्काउन थालेकाे छ । र, उनलाई करूवा धेरै पर छैन भन्नै महशुस गराएकाे छ । उनी भन्छन् , ‘कहिलेकाहीँ चाहिँ म सपना देखिरहेको छु जस्तो लाग्छ, तर मलाई थाहा छ, मलाई सिनेमा बनाउनु छ र हिराे बन्नु छ ।’

सुजन खतिवडा

 

सुजन खतिवडा

सुजन खतिवडा

सम्बन्धित समाचार