यी बालक बने विश्वकै कान्छा अर्बपति

९ वर्षका एक बालक विश्वकै कान्छा अर्बपति बनेका छन् । झट्ट सुन्दा यो अचम्म लाग्छ, तर यो सत्य हो । नाइजेरियाका मोहम्मद अवल मुस्तफा नाम गरेका बालक संसारको सबैभन्दा कान्छो अर्बपति बच्चा हुन् ।

उनीसँग बंगला, कार मात्र नभई आफ्नै निजि जेट पनि रहेको छ ।@momphajnr नामको इन्स्टाग्राममा मुस्तफाको खाता देखेर ठूला धनी व्यक्तिहरु पनि पनि छक्क पर्ने गरेका छन् । मिडिया रिपोर्टका अनुसार अवल मुस्तफा नाइजीरियाई इन्टरनेट सेलिब्रिटी इस्माइलिया मुस्तफाका छोरा हुन् । यति मात्र होइन, ६ वर्षको उमेरमा खरिद गरेको उनको आफ्नै बंगला छ ।



सन् २०१८ मा मोम्फा सिनियरले मोम्फा जूनियरलाई उनको छैटौं जन्मदिनमा एउटा घर उपहार दिए । जुन उनकै नाममा पास गरियो । मुस्तफाको इन्स्टाग्राममा ३० हजारभन्दा बढी फलोअर्स रहेका छन् । उनी अहिले विश्वकै कान्छो अर्बपतिको रुपमा परिचित छन् ।

 

सम्बन्धित समाचार