नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने कार्यसूची रहेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन निरन्तर अवरोध गरिरहेको छ ।
भदौ २३ गतेदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ ।
भिडियो –
भिडियो साभार -House of Representative Nepal प्रतिनिधि सभा नेपाल

