आज यी स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित वर्षाको सम्भावना

हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ । देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग आज (सोमबार) देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।



त्यस्तै आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार