नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० फागुन ।
नेपालमा आज (सोमबार) सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ३०० रुपैयाँ रहेकोमा आइतबार रु १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ८०० रहेकामा आइतबार प्रतितोला रु १ लाख २ हजार ३०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य आइतबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार ४१५ मा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार ४२५ मा कारोबार भएको थियो ।
सुनको मूल्य गत बुधबार १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ ।