नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० फागुन ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतकाे गीत ‘पीर’काे विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । आज (सोमबार) धनगढी विमानस्थलमा पत्रकारसँग बोल्दै प्रचण्डले आफूले पूरा गीत नरहेको र यो विषयमा अहिले हामी कोही उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताएका हुन् ।
सपुतकाे उक्त गीत युट्युबबाट हटाउन माओवादीका जनवर्गीय सङ्गठनसँगै केही नेताहरूले चेतवानी दिएका थिए । प्रचण्डले भने, ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ। अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।’ कसैले आफ्नो अनुभव, अनुभूती अनुसार आफ्नो गीत, कविता, नाटक बनाउन सक्ने भन्दै प्रचण्डले व्यङ्ग्य गरे । यसलाई धेरै चर्चामा ल्याउनु नपर्ने उनको भनाई थियो ।
त्यस्तै उनले सपुतको गीतको विषयलाई लिएर धेरै आवेगमा पनि आउनु नपर्ने बताएका छन् । माओवादी द्वन्द्वपछिको विषयलाई लिएर बनाएको म्युजिक भिडियोबारे धेरै विरोध गर्नुपर्ने अवस्था रहदैन अध्यक्ष प्रचण्डले भने । शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भन्ने पनि नरहेकाे उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित गीत विवादमा तानिएको हो । १६ मिनेट २५ सेकेण्ड लामो गीत अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ । गीतमा देखाइएको देह व्यापारको दृश्य हटाउनुपर्ने भन्दै माओवादीका नेताहरुले विरोध जनाइरहेका छन् ।
यो पनि पढ्नुस :

