गठबन्धनको विषयमा यसो भने प्रचण्डले

गठबन्धनलाई प्राथमिकता दिएर चुनावमा जाने सोच छ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दल बीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताएका छन् । आज(सोमबार) बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले भने, ‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्ने हो, तालमेलको सम्भावना भयो भने गठबन्धनका दलहरूसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने सोच छ ।’ प्रधानमन्त्रीले गठबन्धनलाई असर पार्ने कुरा नबोल्न भनेर केही दिनअघि आफ्नै दलका नेतालाई निर्देशन गर्नुभएको स्मरण गराउँदै अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्व गठबन्धनलाई अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको बताए ।



अर्को प्रसङ्गमा अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने विषयमा छलफल भएको बताए । पार्टीको प्रशिक्षण कार्यक्रमका लागि उनी आज धनगढी पुगेका हुन् ।

सम्बन्धित समाचार