नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० फागुन ।

नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने कुल्सित चाल गरेको बताएका छन् । आज(सोमबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले रावल प्रति खनिदै एमसीसी पारित गर्दा भीमबहादुर रावललाई ‘किन टाउको दुख्ने ?’ भनि प्रश्न गरेका थिए । त्यस्तै देउवाले रावल रक्षा मन्त्री भएको बेला एमसीसी मन्त्रिपरिषदबाट पारित भई संसदमा ल्याएको भन्दै अहिले दुई जिव्रे कुरा गर्ने, त्यसबेला राजीनामा किन नगरेको ?, त्यसबेला दिमाग फुस्किएको थियो ?’ भनि प्रश्न पनि गरेका हुन् ।
देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको बताउँदै देउवाले भने, ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’ त्यस्तै रावलले प्रम देउवाले नुवाकोटमा आफ्नो बारेमा दिएको अभिव्यक्ति झुठा र उदण्डतापूर्ण रहेको बताए । प्रधानमन्त्री देउवाको टिप्पणीप्रति रावल खनिएका हुन् ।
प्रमं देउवाले नुवाकोटमा मेरो बारेमा दिएको अभिव्यक्ति कति झुठा र उदण्डतापूर्ण छ, तथ्य हेरौं :
यो पनि पढ्नुस :

