नवकान्तिपुर संवाददाता
काठमाडौं, १ चैत ।
रूस–युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार बताएका छन् ।
‘हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ । यो ढाँचाले समय र पैसाको बचत गरेको छ’ मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेका हुन्। उनले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रूसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको बताएका छन् ।
रूसले गत फेब्रुअरी २४ देखि यूक्रेनमा आक्रमण गर्दै आएको छ । सो आक्रमणमा करिब एक हजार ३०० युक्रेनी सैनिकको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।