दोस्रो विवाह गर्ने तयारीमा कनिका

बलिउड गायिका कनिका कपुर ‘बेबी डल’ गीतबाट निकै चर्चित भइन् । कनिका आफ्नो प्रोफेशनल लाइफभन्दा पर्सनल लाइफका कारण चर्चामा रहन्छिन् । कनिकाको जन्म भारतमा भएको थियो तर अहिले उनी लण्डनमा बसेकी छिन् । कनिकाको तीन सन्तान पनि रहेका छन् ।

कनिका कपुरले छिट्टै दोश्रो विवाह गर्न सक्ने खबरहरु आइरहेका छन् । उनी एनआरआई–व्यवसायी गौतमसँग मे महिनामा विवाह गर्ने तयारीमा छिन् । गौतम लण्डन निवासी हुन् । कनिका र गौतम पछिल्लो एक वर्षदेखि डेट गरिरहेका छन् । समाचार अनुसार कनिका र गौतम विगत ६ महिनादेखि विवाहको योजनामा ​​थिए । दुवैले लण्डनमा विवाह गर्नेछन् । यद्यपि कनिकाले यसबारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेकी छैनन् ।



कनिकाको पहिलो विवाह पनि एनआरआई व्यापारी राज चंडोकसँग भएको थियो । यीदुवैले सन् २०१२ मा सम्बन्धविच्छेद गरेका थिए । दुवैका तीन सन्तान पनि छन् । कनिकाका दुई छोरी र एक छोरा छन् ।

सम्बन्धित समाचार